आज सार्वजनिक बिदा

भक्तपुर । प्रदेश नम्बर ३ मा पर्ने भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रभित्र आज सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले आज नगरक्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी र शैक्षिक संस्था लगायतका कार्यालय बन्द रहने जनाएको छ । हरिबोधनी एकादशीमा नगरपालिकाले गत वर्ष सार्वजनिक बिदा दिएको थियो ।

यस्तै, सिन्धुलीको दुधौली नगरपालिकाले पनि एकादशीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।