बढ्यो सुनको मूल्य

काठमाण्डौं :  तीन दिनदेखि निरन्तर घट्दै आएको सुनको मूल्य बिहीबार फेरी बढेको छ।

आजका लागि सुनको मूल्य प्रतितोला ७० हजार ६ सयमा कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ७० हजार २ सय रहेको थियो।

तेजाबी सुनको मूल्य पनि ४ सयल बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार ६९ हजार ९ सयमा कायम भएको तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ५० मा कायम भएको छ।

बुधबार चाँदीको मूल्य प्रतितोला ८ सय ८४५ रुपैयाँमा कारोबार भएको थियो।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रति औंस १४ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।