निर्वाचन अधिकृतको कार्यालय नजिक बम विष्फोट

पोखरा : उपनिर्वाचनको लागि मनोनयन हुँदै गर्दा पोखरामा बम विस्फोट भएको छ।आज बिहान मुख्य निर्वाचन कार्यालय नजिकै बम विस्फोट भएको हो। मंसिर १४ गतेको आसन्न उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको आज निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुँदैछ।

पोखराको निर्माणाधीन पर्यटक बसपार्क नजिक रहेको निर्वाचन कार्यलय छेउमा बम विस्फोट भएको थियो। विस्फोटको कारण कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

बम विस्फोट कसले र किन गराएको भन्ने बुझ्न नसकिएको प्रहरीले जनाएको छ। बम विस्फोट निर्वाचन कार्यालयभन्दा करिब २० मिटरको दुरीमा पर्छ।