ड्रग माफियाको हमलामा नौ जनाको मृत्यु

एजेन्सी : उत्तरी मेक्सिकोमा संदिग्ध लागू औषध माफियाको हमलामा ६ जना बालबालिका र तीन महिलासहित ९ जना अमेरिकी नागरिकको मृत्यु भएको छ । पीडित लुहबारन परिवारका सदस्य थिए । जो केही दशकदेखि मेक्सिकोमा रहेका मोरमन समुदायबाट अलग भएर बनेको हो । मेक्सिकोका सुरक्षा मन्त्रीले भने उनीहरुलाई भुलबस निशाना बनाएको हुनसक्ने आशंका गरेका छन् । उत्तरी मेक्सिकोको सिनोरा राज्यमा दुई ड्रग माफिया समूहबीच संघर्ष छ । ला लिनिआ ठूलो लागू औषध गिरोहसँग जोडिएको छ भने अर्को ‘लोस चापोस’ सिनाओआ गिरोहमा आबद्ध छ । मारिएका दुई बालबालिकाको उमेर सात वर्षभन्दा कम भएको बताइएको छ ।