त्रिभुवन विश्वविद्यालयको कुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेको हो । उनी त्रिविको १९ औं उपकुलपति भएका छन् ।

त्रिविको सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेका बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले चार वर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री पोखरेललेको संयोजक रहेको सर्च समितिले त्रिवि उपकुलपतिमा डा. बाँस्कोटासँगै प्रा.डा. भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिसमा परेका थिए ।