अपडेट : सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो LIVE VIDEO

सिन्धुपाल्चोक :  अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । देलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए ।

उनका अनुसार केही शव खोलाले बगाएको छ । सुनकोशी नदीमा डुबेको बस क्रेनको सहायताले किनारमा निकालिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ ।

दुर्घटनामा घाइते चालक दोलखाको शैलुङ्गेश्वर गाउँपालिका ४ का ३५ वर्षीय धनबहादुर तामाङसहित घाइतेमध्ये ३६ जनाको उद्धार गरिएको छ । तीमध्ये ३५ जनाको काभ्रेको धुलिखेल अस्पतालमा र एक जनाको खाडीचौरको सदाचार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शवहरु खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० बढी सवार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए । -रासस