मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

चितवन : मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ कोे उपाधि महिलात र्फ शुक्रनगरकी भावना पाण्डेले जितेकी छन् । त्यस्तै पुरुष तर्फको उपाधि नारायणगढका श्रवण श्रेष्ठले हात पारे भने गैडाँकोटका मनोज तमाङ फस्ट रनर अप भए ।
प्रतियोगितामा महिला तर्फको फस्ट रनर अप भरतपुर ७ की रुपा केसी र सेकेण्ड रनर अप नविना अधिकारी भए । भरतपुरको प्यानोरोमा गार्डेन रिर्सोट शनिबार भएको ग्राण्ड फिनाले मार्फत बिजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

उपाधि बजेताले ३० हजार नगद, गिफ्ट ह्याम्पर र अन्य पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै उपाधी बिजेताहरुले एउटा म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आर्चायले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले ३ महिनाअघि प्रतियोगिता सुरु गरेको थियो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटा बताए ।
प्रतियोगितामा अर्गनाईजर च्वाईस, पब्लिक च्वाईस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् । प्रतियोगिताको निर्णायकहरु सूर्य चन्द, अनिता गिरी, विश्वराम कार्की रहेका थिए । मिस्टर एण्ड मिस स्टार चितवन–२०१९को प्रमुखको अतिथि भरतपुर महानगरपालिका उपमेयर पावर्ती शाह ठकुरी तथा विश्ष्ठि अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल रहनु भएको थियो ।