मैत्रिपूर्ण खेलका लागि म्यान्मा जाने टोलीको बिदाइ

काठमाडौं : मैत्रिपूर्ण खेलका लागि म्यान्मा जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिदाइ गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बिदाइ गरेका हुन्।

नेपाली राष्ट्रिय टोलीका स्वीडिस प्रशिक्षक योहान कालिनले २१ गते हुने म्यानमाविरुद्धको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय टोली घोषणा गरेका थिए।

फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को समूह ‘बी’अन्तर्गत ‘होम म्याच’को तयारी स्वरुप हुन लागेको यो मैत्रीपूर्ण खेल म्यानमाको राजधानी मन्डलेमा हुनेछ।

यो खेलमा नियमित कप्तान विराज महर्जन नपरेपछि हाल कप्तानी सम्हालिरहेका गोलकिपर किरण चेमजोङ अनुपस्थित हुने छन्।

तर, लामो समयदेखि टोली बाहिर रकेका भरत खवासले टोलीमा पुनरागमन गरेका छन् भने व्यावसायिक खेलका लागि इन्डोनेसियामा रहेका मिडफिल्डर रोहित चन्द पनि अनुपस्थित हुनेछन्।

नेपालले पहिलो ‘होम म्याच’ मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा खेल्ने छ।

नेपाली टोली 

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, अलान न्यौपाने

रक्षक : सरोज दाहाल, अजित भन्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्ड : भरत खवास विमल घर्ती मगर, अविषेक रिजाल, नवयुग श्रेष्ठ