गैँडाकोटमा प्रहरी जवानमाथि नै कुटपिट

गैडाकोट :  नवलपरासीको गैडाकोट २ मा सिभिल प्रहरी जवानलाई केही युवाहरुले हेलमेट लगायतले कुटपिट गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

रातको समय नारायणी नदी किनारमा १०÷१५ जनाको युवाहरुको भीडवीच झगडा हुन लागेको अवस्थामा त्यहाँ पुगेका प्रहरी जवान विरेन्द्र तामाङलाई भीडमा रहेका युवाहरुले कुटपीट गरेका गैडाकोट प्रहरीले जानकारी दिएको छ।
सिभिलमा रहेका तामाङ मोटरसाइकलबाट झरेर के भएको हो भनी वुझ्न जाँदा तलाई के मतलव भन्दै हेलमेटले हानेपछि उहाँको नाकमा चोट लागेको र अस्पतालमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्स्पेक्ट दिपक कुमार कार्कीले जानकारी दिए। घटना भएकै केही समय गैडाकोटबाट खटिएको दुई जनाको प्रहरी टोली मोटरसाइकलमा त्यहाँ पुगेपछि प्रहरी आयो भन्दै युवाहरु भागेका थिए ।

भाग्नेक्रममा नालीमा लडेका गैडाकोट २ का प्रेम आले मगर घाइते भई पुरानो मेडिकल कलेजमा उपचार जारी रहेको कार्कीले जानकारी दिए ।

दुवै जना अस्पतालमा उपचार गराईरहेको र अस्पतालबाट डिस्जार्च हुनासाथ दुवै पक्षलाई राखेर छलफल गर्ने कार्कीले बताउनुभयोबताए । प्रहरी जवान तामाङ गैडाकोटमा नभई गण्डकी प्रदेश प्रहरीमा कार्यरत रहेको पनि कार्कीले बताए । दुवै जना अस्पतालबाट डिस्चार्ज हुनासाथ छलफल गरेर आवश्यक कारवाही अगाडी बढाउने बताए ।