ब्रेकअपपछि इलियाना डीक्रुजले सार्वजनिक गरिन् बोल्ड तस्बिर

एजेन्सी :  बलिउडकी अभिनेत्री इलियान डीक्रुजले भारतमा उनको ब्रेकअपको खबर फैलिएसँगै इन्स्टाग्राममा बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन्। इलियाना र फोटोग्राफर एन्ड्रु निबोन्सबीच प्रेम सम्बन्ध भएको खुलासा भएको थियो। उनीहरुले एकअर्काका फोटोहरु सामाजिक सन्जालमा पोस्ट पनि गरेका थिए। उनीहरु सँगै हात पक्रिएर हिँडेको पनि देखिएको थियो। तर हालैका दिनमा उनीहरुको सम्बन्धमा फाटो आएको बताइएको छ। उनीहरुले पहिलेका फोटोहरु सामाजिक संजालमा हटाएको भारतीयसंचार माध्यमले जनाएका छन्। इलियानाले इन्स्टा स्टोरिमा वियोगका स्टाटसहरु पनि सेयर गरेका थिए। हालै भने उनले बोल्ड तस्बिर पोस्ट गरेकी हुन्। उनी सेतो स्विम सुटमा देखिएकी छिन्।