आगामी साताबाट चिसो झनै बढ्ने

काठमाडौं  : केहि सातादेखि बढिरहेको चिसो आगामी सातादेखि झनै बढ्ने भएको छ । मौसम पूर्वानुमान विभागले बिहिबार एक सूचना जारी आगामी सातादेखि चिसो बढ्ने जनाएको हो ।

पूर्वानुमान विभागले आगामी साता केहि स्थानहरुका फाटफुट वर्षा हुने पनि जनाएको छ । विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र चिसो बढ्ने जनाएको हो ।

विभागले आगामी साता धेरै स्थानको आकाश सफा हुने भएपनि चिसो भने बढ्ने जनाएको छ । पछिल्लो केहि दिनदेखि उच्च पहाडी तथा हिमाली भेगको तापक्रम निकै न्यून रहँदै आएको छ । बुधबार जुम्लामा न्यूनतम तापक्रम –०.३ डिग्री सिल्सीयस मापन गरिएको थियो ।

बुधबार काठमाडौंको उच्चतम तापक्रम २५ डिग्री सेल्सीयस र न्यूनतम ११.५ डिग्री सेल्सीयस पुगेको थियो । पछिल्लो सातादेखि काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ ।

यस्तो छ मौसम पूर्वानुमान महाशाखाको आगामी साताको अनुमान