सौराहामा अब गौरी गाई मूर्तीमा सेल्फी….(फोटोफिचर)

चितवन : चितवनको पर्यटकीय केन्द्र सौराहामा नयाँ आर्कषण थपिएको छ । वन वन्यजन्तु संरक्षणमा विभिन्न किसिमका जीवजनावरको मूर्तीहरु ठाउँमा ठाउँमा राख्ने क्रममा फेरि अर्को गौरी गाईको मुर्ति स्थापना गरिएकोसगैँ नयाँ आर्कषण थपिएको हो ।
तिहारको गाई पुजाको अवसर पारि मूर्तीको अनावरण गरिएको हो।   सौराहा पर्ने रत्ननगर नगरपालिका वडा नम्बर ६ मामा भान्जाचोक बछौलीमा निर्माण गरिएको गौरी गाईको मुर्ति आज अनावरण गरिएको छ ।
ब्राहमणहरुको वस्ती भएकोले गाई छनौठ गरि मूर्ती निर्माण गरेको उनले बताए ।
स्थानिय दोरगंी मामा भान्जा टोलका ८० घरबाट १ लाख ६० हजार रुपैयाँ, विदेशी नागरिक रोबट डंगंकनबाट ७२ हजार रुपैयाँ, जनकौली मध्यवर्ती सामुदायिक वनबाट ४० हजार रुपैयाँ, एनटिएनसी २० हजार रुपैयाँ, क्षेत्रिय होटल संघ प्रथम उपाध्यक्ष राममणि खनाल ५ हजार रुपौयाँसहितको लागतमा गौरी गाईको मूर्ती निर्माण भएको निर्माण समितिका अध्यक्ष सोमराज ढकालले जानकारी दिए ।
मामा भान्जा चोकको शान बढाउन र पर्यटकहरुलाई आर्कषित गर्न यो मूर्ती उपयोगी हुने क्षेत्रिय होटल संघ प्रथम उपाध्यक्ष राममणि खनालले बताए ।
मूर्ती निर्माणसगौ यहाँ आउने पर्यटकहरुलाई सेल्फीमा रमाउन यि मूर्तीहरु उपयोगी हुने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तमागंले बताए ।
यस अघि सौराहामा गैडा, हात्ती, बाघ र चाराको मूर्ती निर्माण गरि ति जनावरकै नाममा चोकको नामाकरण पनि गरिएको थियो ।
कार्यक्रममा रत्ननगर ६ का कावा.अध्यक्ष करिण महत्तो, क्षेत्रिय होटल संघ प्रथम उपाध्यक्ष राममणि खनाल, जनकौली वनको अध्यक्ष घनश्याम तिमिल्सीना, बाघमारा मध्यवर्ती वनका अध्यक्ष जीतु तामागं लगायतले सो अवसरमा बालेका थिए ।