बटुक दल गणको संरक्षण नयाँ प्रयास : जौविक विविधता र वनवन्यजन्तु जोगाउन सरसफाई अभियान (फोटोफिचर)

चितवन : वनवन्यजन्तु संरक्षणमा सक्रियमा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणले संरक्षणमा नयाँ अभियान सुरु गरेका छ । जौविक विविधता र वनवन्य जन्तुको तस्कारी नियन्त्रणमा सक्रिय नेपालीको बटुक दल गणले यसमा विभिन्न फोहरका असर देखिएको भन्दै सरसफाई अभियान सुरु गरेको हो ।
गणमा आएका गणपति प्रमुख सेनानी अरुण श्रेष्ठको पहलमा निकुञ्ज क्षेत्रको मध्यवर्ती र नदी तटिय क्षेत्र सरसफाई अभियान सुरु गरिएको थालनी गरिएको छ ।
“हामीले तस्कार र वन्यजन्तुको सुरक्षामा विशेष चासो रोखेका थियौँ सेनापति श्रेष्ठले भने, विद्यालय, गाउँ, टोल सचेतनासगौ सरसफाई पनि आवश्यक देखिएको, यसकारण अभियान नै थालेका हौँ । ”
प्रकृति संरक्षण कार्यमा खट्टिएको बटुक दल गणले प्रकृती तथा वन्यजन्तु संरक्षणको लागि दैनिक सैनिक अपरेशनल गतिविधीहरु संचालन गर्नुका साथै स्थानियहरुसंग समन्वय र सहकार्य गरी प्रकृति संरक्षण कार्य गर्दै आईरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको नदि तथा मध्यवर्ती क्ष्ँेत्रहरुमा भएको प्लाष्टिक लगायत अन्य फोहोरहरुको कारण प्रकृति, मानव तथा वन्यजन्तुहरुलाई पुग्न सक्ने नकरात्मक असरहरु न्युनिकरण गर्न सरसफाई कार्यक्रम सफल सावित हुने उनको भनाई छ । मानव तथा वन्यजन्तुका लागि सफा र स्वच्छ प्रकृतिको आवश्यकता रहेको हुंदा भविष्यमा पनि यस्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य रहेका बटुक दल गणले जनाएको छ ।
मध्यवर्ती र नदी क्षेत्रमा फोहर धेरैँ हुदाँ वन्यजन्तुले ति फोहर खाने समेत गरेको पाईएपछि निकुञ्जको पश्चिम सेक्टर अन्र्तगतको कावासोतीको अमलटारी क्षेत्रबाट सुरु गरिएको उनले बताए ।

कावासोती नगर अन्र्तगतको वडा नम्बर १५ र १६ को ईलाका क्षेत्रको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेबाट शुरुवात भई अमलटारीघाट, गंगेश्वर महादेव मन्दिर परिसर लगायत अमलटारीघाटबाट नाना होटल जाने बाटोसम्म गरी करीब १५ सय मिटरको ईलाकामा सरसफाई कार्यक्रम संचालन गरिएको थियो । यो अभियान क्रमिक रुपमा निकुञ्जको सबै ठाउँमा गर्ने उनले बताए ।
कार्यक्रममा बटुक दल गण्का गणपति प्रमुख सेनानी अरुण श्रेष्ठ, सहित “ख” गुल्म अमलटारीका गुल्मपति सेनानी नवराज नाथ, अमलटारी मध्यवर्र्ती उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरे, निकुञ्ज प्रशासनका कर्मचारीहरु, स्थानिय होटल व्यवसायीहरु, स्थानियवासीहरु, नेपाली सेनाको सहभागी थियो ।