‘रिक्त सभामुख कांग्रेसलाई’

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्नु भएको छ ।
कांग्रेस केन्द्रीय सदस्य बस्नेतले सभामुख र उपसभामुख पद फरक/फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै रिक्त सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नु भएको हो ।
संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिनु भएको थियो । रिक्त पदमा आफ्नो पार्टीको दाबी रहेको बस्नेतको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधानमै सभामुख र उपसभामुख पद मध्ये एक पद प्रमुख प्रतिपक्ष दलले पाउने उल्लेख गरिएको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य बस्नेतले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका सहमती कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुने विचार व्यक्त गर्नुभयो ।