१३ हजार घुससहित प्रहरी नै पक्राउ

महोत्तरी । प्रहरी चौकी कटुधारका इन्चार्ज असई व्रिजेश कुमार चौधरी नगद १३ हजार घुस रकमसहित बिहीबार रंगेहात पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गौशाला मातहत रहेको कटुधार चौकीका इन्चार्ज चौधरीले व्यापारीलाई भारतबाट सामान ओसार पसार गर्न लाइन मिलाइदिन रकम लिएको उनीमाथि आरोप लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासको टोलीले निवेदन परेपछि चौकीमाथि निगरानी गर्दै रंगेहात इन्चार्ज चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनलाई अख्तियारको टोलीले बर्दिवास लगेको छ ।
महोत्तरीमा गत वर्षहरुमा समेत अख्तियारले केही प्रहरी इन्चार्जहरुलाई यस्तै आरोपमा पक्राउ गरिसकेको छ ।