सिद्धि विनायकमा धितालको नेतृत्वमा नयाँ समिति

चितवन । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा थिरप्रसाद धिताल (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाको बुधबार सम्पन्न १२औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै संस्थाको उपाध्यक्षमा मदनप्रसाद सापकोटा चयन भएका छन् भने सचिवमा मुकुन्दप्रसाद गौतम र कोषाध्यक्षमा जयराम पाण्डे चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मानबहादुर पाण्डे, कृष्ण सिलवाल, भगवती पाण्डे, रामप्रसाद घिमिरे, इन्दिरा पन्त, संगीता गौतम, शम्भु अधिकारी रहेका छन् । कार्यक्रमको उद्घाटन प्रदेशसभा सदस्य घनश्याम दाहालले गरेका थिए ।