चितवन प्रहरी कार्यालय भित्र रक्सीका बोतल,तस्बिर खिच्ने पत्रकार शर्मा नियन्त्रणमा

चितवन ३० असोज । जिल्ला प्रहरी कार्यालय चितवन परिसरभित्र रहेका रक्सीका बोतल मोवाईलको क्यामरामा कैद गर्ने क्रममा प्रहरीले पत्रकार केदार शर्मालाई नियन्त्रणमा दिएको छ । सेवाग्राही जाने शौचालय नजिक विभिन्न ब्रान्डका रक्सीका बोतल देखेपछि मोवाइल मार्फत फोटो खिच्ने क्रममा चितवन प्रहरीले शर्मालाई नियन्त्रणका लिएको थियो । प्रहरीले पत्रकार शर्मालाई नियन्त्रणमा दिएर कोठामा करिब ४५ मिनेट बन्धक बनाएर राखेको थियो । करिब ४५ मिनेट प्रहरी कार्यालय भित्र राखेर रिहा गरेको पत्रकार शर्माले बताए । प्रहरीले पत्रकार सुर्य बराललाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्बिर समेत प्रहरीले जबरजस्ती डिलिट गरेको छ । प्रहरीले र्दुव्यवहार गर्दै नियन्त्रणमा लिएको शर्माले बताए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले यस विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिए ।