मेरो माइक्रोफाइनान्सकाे शाखा प्रबन्धक गोष्ठी साैराहामा सुरू

चितवन : मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय सस्थाले शाखा प्रबन्धहरुको गोष्ठी साैराहाकाे हाेटल चिततवन प्याराडाईजमा सुरु भएको छ । सस्थाले आयोजना गरेको दुईदिने शाखा प्रबन्धकहरुको गोष्ठीमा शाखा प्रबन्धकहरुले लघुबित्तको क्षेत्रमा बढदो चुनैतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्ने सस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले बताउनु भयो ।

गोष्ठीमा सस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरुको कार्य प्रभाबकारी र गुणात्मकतामा अभिवृद्धिमा जोड दिनु पर्ने बताउनु भयो। कर्पोरेट कार्यालयका कर्मचारीहरु सहित १३५ जनाकाे सहभागिता रहेको गोष्ठीमा शाखाको गत आर्थिक वर्षको प्रगति र उपलब्धिका साथै ब्यवसाय बिस्तारमा देखा परेका चुनौती तथा दुबिधाहरुलाई प्रभाकारी रुपमा न्यूनीकरण गर्ने विषयमा समेत छलफल गर्ने सस्थाले जनाएको छ ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरेर कार्य गरिरहेको संस्थाले हाल सम्म देशका विभिन्न ५६ जिल्लाहरुमा १० वटा अनुगमन कार्यालय र ११०वटा शाखा कार्यालयहरु मार्फत १ लाख भन्दा बढी विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।