मध्यपूर्व क्षेत्रिय संयोजकमा प्रविन गुरुङ बलिया दाबेदार

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रिय संयोजक पदमा उम्मेदवारी दिएका युवा व्यवसायी प्रविन गुरुङ बलिया दाबेदारका रुपमा देखिएका छन् । मध्यवपूर्व क्षेत्रका मतदाताका अनुसार हाल उपसंयोजक रहेका गुरुङको पक्षमा देखिएको महोलले संयोजक पदमा विजय उन्मुख भएका हुन् । गुरुङका प्रतिस्पर्धी मनोज गोर्खालीलाई सहमतिमा ल्याउने प्रयास समेत भईरहेको बुझिएको छ ।
नयाँ युग, युवाको युग, युवाले गर्नुपर्छ परिर्वतन भन्ने भावलाई आत्मसाथ गर्दै विगत एक दशक बढी समयदेखि मध्यपूर्वको विकसीत मुलुक कतारमा रहेर सफल युवा व्यवसायीका रुपमा स्थापित प्रविन गुरुङ समेत चुनावी मैदानमा उत्रिएका छन् । एनआरएनएको निर्वाचन आज हुदै छ ।
गुरुङले “मध्यपूर्वका श्रमिकको हितको लागि एकता सवल सक्षम र समन्वयकारी एनआरएनए आजको आवश्यकता सुरक्षित र सम्मानित श्रमिकका लागि खबरदारी त्यसका लागि मेरो उम्मेदवारी” भन्ने नारा तय गरि चुनावी मैदानमा होमिएका छन् ।
मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुलाई लामो समयदेखि सहयोग गर्दै आइरहेका युवा व्यवसायी गुरुङ कतारमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । उनी चितवनको भरतपुर महानगरवासी समेत हुन् । उनको घर पश्चिम चितवनको गुञ्जनगरमा पर्छ ।
उनले कतारमा कन्स्ट्रक्सन कम्पनी देखी क्रुजसम्म लगानी गरी हालै मात्र व्यवसाय बिस्तार गरी पाँच तारे होटेलमा दोहोरी रेस्टुरेन्ट संचालन गरेका गुरुङ हाल एनआरएनए मध्यपूर्व उपसंयोजक हुन । गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित अन्तरराष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले समेत कतारमा सफलतापुर्वक सम्पन्न गरेका थिए ।