एनआरएनए ओसेनिया क्षेत्रीय उपसंयोजकमा नविन कंडेलको चुनावी प्रचारप्रसार तीव, यस्ता छन् एजेण्डा (भिडियो)

काठमाडौँ : नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैँछ । यहि क्रममा विभिन्न पदमा उम्मेदवारी घोषण गरेका व्यक्तिहरुले आफ्नो चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।
“म, मेरो एनआरएनए, र मेरो नेपाल”नारा सहित काठमाडौँमा जारी महाधिवेशनले आगामी कार्यकालको लागी नयाँ नेतृत्व छान्दैछ । यसैविच एनआरएनए अस्ट्रेलियाका पूर्व उपाध्यक्ष नविन कँडेलले क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी आज दर्ता गर्दैछन् भने आफ्नो चुनावी एजेण्डासहित उनी प्रचारप्रसार र भेटघाट तथा छलफल तीव्र पारेका हुन् ।

“एनआरएनए सँगको विगत लामो समयदेखिको संलग्नता र एक प्राविधिकको हैसिएतले ओसिनिया क्षेत्रका हजारौँ नेपालीहरूको भावनालाई कदर गर्दै रिजनल संयोजक भएर आफूले सिकेको ज्ञान, सीप र दक्षताको आधारमा नेपाल र यहाँका नेपाली समुदायको हितमा केही योगदान गर्नका लागि मैले उपसंयोजकको रूपमा आफ्नो उम्मेदवारी दिएको छु । आशा छ, यसमा सबै मतदाताले मलाई सहयोग गर्नुहुनेछ ।”

ओसेनिया क्षेत्रलाई पनि संस्थाको मुलधारमा ल्याई प्रवासी नेपालीको हक, हित र मातृभूमीप्रति जिम्मेवार बनाउन आफ्नो उम्मेदवारी रहेको दावी उनले गरेका छन् ।

एनआरएनए ओसेनिया क्षेत्र सदैव अग्रणी भूमिकामा रहेको जनाउँदै उनले ओसेनिया अर्थात एसिया प्रशान्त क्षेत्रमा रहेका सम्पूर्ण नेपाली मनलाई एकतावद्ध गरी नेपाली हुनको पहिचान एवं सबल तथा समन्वयकारी नेतृत्व स्थापित गराउन आफू जोडतोडले लाग्ने जनाएका छन् ।
ओसिनिया क्षेत्र र नेपालबीच सेतुको खाँचो रहेकाले त्यस दिशातर्फ आफूले काम गर्ने, विद्यार्थीहरूलाई एनआरएनएको मूल प्रवाहमा ल्याउँदै उनीहरूको दक्षता, सीप र पूँजीको लगानी गर्ने वातावरण बनाउने, नेपाली कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गर्ने, नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमहरू ल्याउने लगायतका एजेण्डाहरू प्रस्तुत गरेका छन् ।

नेपालको बाग्लुंगमा जन्मेका कँडेलले सन् २००९ देखी गैर आवासीय नेपाली संघको अभियानमा जोडिएका हुन् । चितवनमा हुर्किएका कँडेलले सन् २००७ मा अस्ट्रेलिया आएदेखी नै सामाजिक कार्यमा सक्रिय रहदै आएका छन्। कँडेलले २० ५(१७ मा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष, २०१३ १५मा साउथ अस्ट्रेलिया राज्य समिति सल्लाहकार, २०१७ १९ मा आईसीसी टाक्स फोर्स सदस्य भएर काम गरेका छन भने नेपालमा समेत विभिन्न सामाजिक सँस्थाहरुमा सहभागी रहेका थिए।