‘समाजका लागि गरेको कामले दिने आत्मसन्तुष्टी पैसाको बिटाले दिन सक्दैन’  : ज्ञानेन्द्रराज पाण्डे

चितवन : रत्ननगर १० शुभप्रभात टोल निवासी ज्ञानेन्द्रराज पाण्डे सामाजिक काम भनेपछि हुरुक्कै हुन्छन । सामान्य घरपरिवारका पाण्डेले अरुको दुख देख्नै सक्दैनन् । आर्थिक अबस्था कमजोर भएर उपचार गर्न नपाएका,विहान बेलुका खान नपाएका समुदायलाई सहयोग जुटाउछन ।

आफुले दिन सक्ने उनकै आर्थिक हैसियत छैन तर उनमा सहयोग जुटाउन सक्ने शक्ति छ । पैसा कमाएर सम्पन्न हुन्छु भन्ने सोच उनको मनमा कहिल्यै आएन । राजनीतिक रुपमा कम्युनिष्ट विचार राख्ने पाण्डे पैसा कमाउन छाडेर सामाजिक क्षेत्रमा लागे । कम्युनिष्ट विचार बोक्ने पाण्डेलाई पार्टीको राजनीति प्रति त्यति चासो छैन ।

उनले आफ्नो घरमा राष्ट्रिय झण्डा राखेर राष्ट्रप्रति प्रेम व्यक्त गरेका छन । गरिव,विपन्न,असहाय र अशक्तहरुलाई सहयोग गर्ने,समाजमा आइपर्ने समस्यालाई गहिरो अध्ययन गरी समाधान निकाल्ने उनमा अभूतपूर्ण क्षमता छ । विद्यार्थी जीवन देखिनै समाजिक क्षेत्रमा सक्रियाशिल पाण्डे विगत १३ बर्ष देखि सरसफाईको क्षेत्रमा क्रियाशित छन । घर,आगन,टोल,गाउँ,समाज,वडा,नगर हुदै देशभरीनै सरसफाईको अभियान चलाउन उनले सुरु गरेका छन । उनकै टोल शुभप्रभात टोल विकास संस्थाबाट सुरु गरेको सरसफाईको काम अहिले अभियानको रुपमा अगाडि बढेको छ ।

२०६३ साल पुसमा उनी शुभप्रभात टोल विकास संस्थाको अध्यक्ष बने । अध्यक्ष बनेपछि उनको प्रमुख एजेण्डा नै सरसफाई बन्यो । १३ बर्ष देखि लगातार उनले टोलमा एक्लै फोहोर टिप्दै हिड्छन । पाण्डेले गरेको काम देखेपछि गाउँहरु समेत उनको सिको गर्न थालेका छन । सो टोल विकास संस्थामा अहिले हप्ताको एक पटक सरसफाई कार्यक्रम चल्छ । टोल सरसफाईमा नमुना भएको छ । पाण्डेकै कारण वडा नं १० वातावरणमैत्री वडा भएको छ । सरसफाईमा उत्कृष्ट काम गरेको भन्दै पाण्डे नगरपालिकाबाट पटक पटक सम्मानित भएका छन ।

उनीमात्र होइन उनले नेतृत्व गरेको टोल विकास संस्थालाई समेत नगरपालिकाले ३० हजार नगद सहित पुरस्कृत समेत गरेको छ । सरसफाईमा उत्कष्ट भएर टोल विकास संस्थालाई चिनाउन सफल भएको भन्दै पाण्डेलाई गाउँलेले समेत नागरिक अभिनन्दन गरेका छन । अन्य डेढदर्जन सामाजिक संघसंस्थाले उनलाई सम्मान गरेका छन । सरकारले सन २०२० लाख पर्यटन बर्षको रुपमा मनाउदै छ । सरसफाई नभए पर्यटन बर्ष सफल हुदैन भनेर उनले २०२० सफल पारौं,सरसफाई अभियान देशव्यापी बनाउ भन्ने एकल नारा तय गरेका छन ।

जिल्लाका हरेक संघसंस्थाले गर्ने सरससफाई कार्यक्रममा पाण्डे पुग्छन । ति कार्यक्रममा भ्रमण बर्ष र सरसफाईको कुरालाई जोडेर उनले नागरिकलाई सरसफाईमा जागरुक बनाउछन । पैसाले नाम कमाउन सकिदैन पाण्डे भन्छन निस्वार्थ भएर सामाजिक काम गर्न सकियो भने पैसाले दिन नसकेको सन्तुष्टी सामाजिक कामले दिन्छ ।

उनले जिल्लामा रहेका मृर्गौला रोगी,क्यान्सर रोगीहरुलाई उपचारको लागि आर्थिक सहयोग जुटाउने गरेका छन । रंगशाला निर्माण स्थलमा पुगेर श्रमदान गरे । आफ्नै वडामा खोप केन्द्र बनाउदा पनि उनले पैसा नलिई ४ दिन सम्म काम गरे । यि र यस्तै काम गरेकै कारण पाण्डे अहिले जिल्लामा चिनिएका छन । सामाजिक कामका समाचारहरुमा उनको फोटो छापिने गरेको छ ।