एनआरएनए महाधिवेशनमा प्रविनलाई पूर्ण समर्थनसहित प्रतिवद्धता जनाउने अभियान तीव्र (फोटोफिचर)

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रिय संयोजक पदमा उम्मेदवारी दिएका युवा व्यवसायी प्रविन गुरुङको चुनावी प्रचारप्रसार तात्दै गएको छ ।
मध्यपूर्वका सबै मुलुकहरुमा आफै पुगेर त्यहाँ रहेका नेपालीहरुको समस्याहरु बुझेर नेपाल आएका उनले यतिवेला महाधिवेशन स्थल राजधानी काठमाडौँमा चुनावी महोलका लागि आएका प्रतिनिधिहरुसगँ छलफल भेटघाटसगैँ आफ्ना एजेण्डा प्रस्तुत गर्न भ्याईनभ्याई छ ।     
उनी यो पटक मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी दिई चुनावी प्रचारप्रसारलाई तीव्र पारिरहेका हुन् । गुरुङको चुनावी माहोलमा यतिवेला एनआरएनएका अध्यक्ष भवन भट्ट, निर्वतमान अध्यक्ष शेष घले, पूर्व अध्यक्ष जीवा लामिछानेसहित टोलीले साथ दिदै थप हौसला प्रदान गरिसकेको छन् । भने हङंकङ, दुबई, जापान, मकाउ, ग्वाटी, स्पोर्टस् एकेडेमी लगायतका क्षेत्रहरुमा पूर्ण समर्थनसहित प्रतिवद्धता जनाउने अभियान तीव्र छ ।
नयाँ युग, युवाको युग, युवाले गर्नुपर्छ परिर्वतन भन्ने भावलाई आत्मसाथ गर्दै विगत एक दशक बढी समयदेखि मध्यपूर्वको विकसीत मुलुक कतारमा रहेर सफल युवा व्यवसायीका रुपमा स्थापित प्रविन गुरुङ समेत चुनावी मैदानमा उत्रिएको बताएका छन् । भने गुरुङले “मध्यपूर्वका श्रमिकको हितको लागि एकता सवल सक्षम र समन्वयकारी एनआरएनए आजको आवश्यकता सुरक्षित र सम्मानित श्रमिकका लागि खबरदारी त्यसका लागि मेरो उम्मेदवारी” भन्ने नारा तय गरेका छन् ।
उनी भन्छन् ः नेपालमा लगानीको वातवरण श्रृजना गरी लगानीका लागि गैरआवासीय नेपालीहरुका लागि प्रेरित गर्ने काममा गैरआवासीय नेपाली संघले रचनात्मक भुमिका निर्वाह गरेको पछिल्लो समयमा नेपाल सरकारद्धारा आयोजना गरिएको लगानी सम्मेलनवाट समेत थप पुष्टि गरेको छ ।
एनआरएनए अभियानमा विगत एक दशकदेखि आफु निरन्तर लागिरहेको बताउँदै गुरुङले आगामी दिनमा थप शसक्त ढंगमा एनआरएन अभियानमा आफूलाई समाहित गराएका छन् । ‘प्रवासमा आर्जन गरेको सीप र पूँजीलाई एनआरएन अभियान मार्फत देशमा लगानी गर्न र गराउन म अगाडि आएको छुु’ गुरुङले भने ।
मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीहरुलाई लामो समयदेखि सहयोग गर्दै आइरहेका युवा व्यवसायी गुरुङ कतारमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । उनी चितवनको भरतपुर महानगरवासी समेत हुन् । उनको घर पश्चिम चितवनको गुञ्जनगरमा पर्छ ।
उनले कतारमा कन्स्ट्रक्सन कम्पनी देखी क्रुजसम्म लगानी गरी हालै मात्र व्यवसाय बिस्तार गरी पाँच तारे होटेलमा दोहोरी रेस्टुरेन्ट संचालन गरेका गुरुङ हाल एनआरएनए मध्यपूर्व उपसंयोजक हुन । गुरुङले नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित अन्तरराष्ट्रिय रियालिटी शोको कार्यक्रमको ग्राण्ड फिनाले समेत कतारमा सफलतापुर्वक सम्पन्न गरेका थिए ।