पाँचथरमा बालिका बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ

पाँचथर  : बलतकारको प्रयास गरेको आरोपमा एक यूवक पक्राउ परेका छन् ।१३ वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा पाँचथरको कुम्मायक गाउँपालिका–४, रानीगाँउ घर भई म्याङलुङमा कोठा भाडामा बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बू पक्राउ परेको प्रहरीले जनाएको छ ।

मंगलबार राति साढे ९ बजेको समयमा बालिकाको कोठामै गएर बलात्कार प्रयास भएको पीडितका अभिभावकको उजुरीको आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

अहिले घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए ।