नेपाल राष्ट्र बैंकले एक वर्षमा ७७ अर्ब रुपैयाँ बराबरको नोट जलाइयो

काठमाडौं  :  नेपाल राष्ट्र बैंकले पछिल्लो आर्थि वर्ष (आर्थिक वर्ष २०७५/७६ ) मा करिब ७७ अर्ब रुपैयाँ नष्ट जरेको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्‍न निरौलाका अनुसार नष्ट गरिएका नोटको छपाइ खर्च हिसाव गर्दा ४५ करोड लागत लाग्छ।  अघिल्लो आर्थिक वर्षको अवधिमा २० अर्ब रुपैयाँ भन्दा बढीका नोट काम नलाग्ने भएको राष्ट्र बैंकको तथ्यांक छ। आर्थिक वर्ष २०७४/७५ मा ५६ अर्ब ४० करोड रुपैयाँ बराबरको  नोट काम नलाग्‍ने भएपछि जलाइएको थियो। राष्ट्र बैंकका प्रवक्ता निरौलाले लापरवाहीको कारण नेपली नोटको आयु कम देखिएको बताउछन्।  ५, १०, २०, ५० र १०० का नोट छपाउँदा प्रतिनोट औसत १ रुपैयाँ ६५ पैसा लागत पर्छ।त्यस्तै, ५०० र १००० का नोट छपाउँदा प्रतिनोट औसत २ रुपैयाँ ६४ पैसा लागत लाग्ने गरेको निरौलाको भनाइ छ।