चितवनमा रात्रीबस दुर्घटना हुदाँ ३८ जना घाईते, एकको अवस्था गम्भिर

चितवन  : चितवनमा रात्री बस बस दुर्घटना हुदाँ ३८ जना घाईते भएका छन् । काठमाण्डौबाट सर्लाहीको मलंगावा तर्फ जादैँ गरेको ना ५ ख ५३४४ नम्बरको रात्रीबस भरतपुर महानगर १२ आस्था चोकमा दुर्घटना हुदाँ ३८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस आफै अनियन्त्रीत भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो । घाईतेहरु मध्ये ३० जनाको पुरानो मेडिकल कलेज र अन्य आठ जनाको भरतपुरको नयाँ मेडिकल कलेज उपचार भईरहेको छ ।

घाईते मध्य २४ जनाको आवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । ४६ जना सवार सो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।