प्रधानमन्त्री केपी ओलीद्वारा दशैँको भिडियो मार्फत शुभकामना

काठमाडौं :  बडादशैँको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । आज अथात् दसैं टीकाको दिन प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका छन् । ‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा वडा दसैं २०७६ को हार्दिक शुभकामना’, प्रधानमन्त्रीले ओलीले भिडिओमार्फत् भनेका छन् । उनले यस चाडलाई भव्यताको साथ मनाउन आह्वान गरेका छन् । तर, भव्यताको नाममा नराम्रा प्रचलन तोड्दै जानुपर्ने उनले बताएका छन् । ‘स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी दिँदै, आफन्त तथा साथीभाईमा स्नेह र ममता यस चाँडले फैलाओस्’, उनले भिडियोमा भनेका छन् ।https://twitter.com/i/status/1181361534632521730

https://twitter.com/kpsharmaoli?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1181361534632521730&ref_url=https%3A%2F%2Fsamachardainik.com%2Fnews-details%2F30858%2F2019-10-08