वडा दशैको अवसरमा पहिलो पटक चितवनमा नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, हेरौँ बस संचालन हुने रुटहरु

चितवन : उपत्यका बाहिर पहिलो पटक नेपाल प्रहरीले चितवनमा वडा दशैंको अवसरमा सर्वसाधारण नागरिकहरुको सहजताको लागी नि:शुल्क बस सेवा संचालन गरेको छ ।
आईजिपी सवेन्द्र खनालको निर्देशनमा नेपालीहरुको महान चाड विजया दशमी २०७६ को शुभ अवसरमा नागरिक सहजताको लागि आज असोज २१ गते नि:शुल्क बस सेवा संचालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए ।

विजयादशमीका दिन भरतपुर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय चितवनर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको समन्वय तथा संयोजनमा सामुदाय प्रहरी साझेदारी अबधारणा अन्तरगत सर्वसाधारण नागरिकहरुको सहजताको लागीनि:शुल्क बस सेवा संचालन गरीएको उनले बताए । आज बिहान ०८: ०० बजेदेखीनिम्न रुटमा नि:शुल्क बस सेवा संचालन गरीएको छ ।
नागरिकहरुको यात्रालाई सहज गराउनको लागी जिल्ला प्रहरी कार्यालय, चितवन यहाँहरुको साथमा छ , उनले भने प्रहरी नागरिकको सुरक्षामा मात्र होईन्, सुख दःख सबैमा साथसाथै छ ।

बस संचालन हुने रुटहरु:-
१. ना १ ख ८५२४, ना १ ख ४७५४ (पुल्चोक देखी लोथर –लोथर देखी पुल्चोक सम्म)
२. बा १ क ९५७२(पुल्चोक-चौबिसकोठी-गितानगर र फिर्ता सोही रुटमा)
३. ग १ क २६०० (चौबिसकोठी-कल्याणपुर-रामपुर-शारदानगर-चनौली र फिर्ता सोही रुटमा)
४. बा १ ग २५९६ (पुल्चोक-चौबिसकोठी-पारस बसपार्क-आपटारी-पुल्चोक-रिङ्गरोड एरिया)