धनुषामा छुरा प्रहार गरी जेठानीले गरिन् देवरानीको हत्या, पछि आफैमाथि गरिन् छुरा प्रहार

शैलेन्द्र क्रान्ति
जनकपुरधाम :
धनुषामा जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् । धनुषाको औरही नगरपालिका १ झिटकैयाका अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेकी छन् ।

सोमबार साँझ घरायसी विवादको कारण जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा छुरा प्रहार गरेकी थिइन् । त्यसपछि जेठानी सुनौलले स्वयम आफ्नै पेटमा समेत आफैले छुरा प्रहार गरी घाइते भएकी छन् । उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा ल्याएको बेला देवरानी सहानीको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

यस्तै आफ्नै छुरा पेटमा प्रहार गरी गम्भीर घाइते भएकी जेठानी सुनौलको उपचार जनकपुर अंचल अस्पतालको आईसियुमा भइरहेको जनाएको उहाँले बताउनुभयो ।

मृतक सहानी सुनौलकी कान्छो देवर विवरण राईनकी श्रीमती हुन् । मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।