तपाई दशैँमा मासु खादैँ हुनुहुन्छ ? यस्ता कुरामा ध्यान पुर्याउनु नत्र दशैं दशा पनि बन्न सक्छ

काठमाडौं  :  चाडपर्व तथा दशैं भन्ने वित्तिकै धेरैको दिमागमा मासुका अनेकन परिकारको पनि झल्को आउँछ । मासु बिनाको दशैं के दशैं भन्ने पनि चलन छ रु तर त्यहि मासु खाँदा सावधानी अपनाउन सकिएन भने मासुले रोग निम्त्याउने खतरा बढ्न सक्छ ।

रोगी, झोक्राएको, कचेरा लागेको पशुको मासु त खादै खानुहुन्न । कतिपय रोग पशुबाट मानिसमा सर्न सक्छन् । त्यसकारण मासु खादा स्वस्थ्य पशुको मासु खानु राम्रो हुन्छ ।

निरोगी पशुको मासुलाई पकाउँदा पनि ध्यान नदिए त्यो रोगको खानी बन्न सक्छ । पोलेको मासु, तारेको मासु र विभिन्न रसायन हालेर पकाइएको मासु क्यान्सरको कारक बन्न सक्छ । क्यान्सरको कारक कार्सीनोजेनीक यस्तो मासुमा बढी पाइन्छ । यसले आमासय र ठूलो आन्द्रालाई ‘इफेक्टेड’ गरेर क्यान्सरको जोखिम बढाउन सक्छ ।

मासु किन्दा र खाँदा अपनाउनु पर्ने सावधानी

– मासु पसल सफा छ, छैन हेर्नुहोला ।

– मासु थलथल बगेको छ भने त्यस्तो मासु नकिनेकै राम्रो ।

– मासु फ्रिजमा राखेको छैन भने अस्वस्थ पनि हुन सक्छ ।

– गन्ध आएको मासु नकिन्नु होला ।

– खुला र बासी मासु अस्वस्थ्यकर हुन्छ ।

– दैनिकजसो मासु नखाएको राम्रो ।

– मासुसँग सागसब्जी, मुला, काँक्रा र गाजर पनि खाँदा राम्रो ।

– स्वस्थ्य र ताजा मासु बेस्सरी पकाएर मात्रै खाएको राम्रो ।

– विश्वसनिय पसलबाट मात्रै मासु किनेको राम्रो ।

– काँचो र डढेको मासु नखानु नै राम्रो ।

– बासी, सडेगलेको मासुले स्वास्थ्यलाई असर गर्दछ ।