राष्ट्रपतिले आमाको हातबाट, कुन नेताले कोसँग लगाउँदैछन् टीका ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले  दशैंको टीका आमाको हातबाट लगाउनुहुने भएको छ ।  राष्ट्रपतिले टीकाको शुभसाइतमा आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको सितल निवास स्रोतले जनाएको छ ।  स्रोतका अनुसार राष्ट्रअध्यक्षले टीका ग्रहणअघि गर्ने विधि पूरा भएपछि राष्ट्रपतिले आमाको हातबाट दशैंको टीका लगाउनु हुनेछ ।फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले दशैंको टीका बुबाको हातबाट लगाउनुहुने भएको छ । प्रधानमन्त्री ओली र पत्नी राधिकाले शुभसाइतमै बुबा मोहनप्रसादको हातबाट टीका लगाउने कार्यक्रम तय भएको पारीवारिक स्रोतले जनाएको छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दशैंको टीका काकी शान्ता नेपाल र परिवारका जेठा दाजु दिव्यकुमार उपाध्यायको हातबाट लगाउनु हुने भएको छ ।

फाइल तस्बिर

दिव्यकुमार पूर्व प्रधानमन्त्री नेपालको माइलो बुबाको जेठो छोरा हुनुहुन्छ । नेता नेताले काकी र दाजुको हातबाट शुभसाइतमै टीका ग्रहण गर्ने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पाैडेलले दिदी बेलकुमारी अर्यालकाे हातबाट टीका लगाउनु हुने भएको छ ।

संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले अामा महेन्द्रादेवीकाे हातबाट टीका लगाउनु हुने भएको छ ।