अन्तरिक्ष इतिहासमै पहिलोपल्ट दुई महिलाले एकै साथ ‘स्पेस-वाक’ गर्दै

एजेन्सी : अन्तरिक्ष इतिहासमै पहिलोपल्ट दुई जना महिला अन्तरिक्ष यात्रीले एकै साथ ‘स्पेस वाक’(अन्तरिक्षमा पैदल यात्रा) गर्दैछन्।  अन्तरिक्ष यात्री जेसिका मीर तथा क्रिस्टिना कोचले आगामी अक्टोबर २१मा अन्र्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा ‘स्पेस वाक’ गर्नेछन्।

उनीहरु स्टेशनबाट बाहिर निस्किनेछन् र, स्टेशनको सोलार प्यानलमा लगाइएको लिथियम आयनको ब्याट्री बदल्नेछन्।  गत मार्चमा यो स्पेस वाक तय भएपनि स्पेससुटको अभावमा त्यो बेला स्थगित गरिएको थियो।  अक्टोवरमा पाँच वटा यस्तो स्पेस वाक हुनेछ।