चिनियाँ राष्ट्रपतिको भ्रमण : राजधानीका सडक टालटुल पारेर सिंगारिँदै

असोज २५ गते चिनियाँ राष्ट्रपति सी चीनफिङले नेपाल भ्रमण गर्ने तय भएको छ।  भ्रमणका क्रममा उनले प्रयोग गर्ने  राजधानीका सडक टालटुल पारेर सिंगार्न थालिएको छ।

NP KTM 20191006 MG 1460

सडकका खाल्डाखुल्डी पुर्ने अनि सडक पेटीहरु सिंगार्ने र छेउछाउमा बिरुवा रोप्न महानगर र सडक विभागका कर्मचारीहरु व्यस्त छन्।

NP KTM 20191006 MG 1460

विगत तीन दिनदेखि काठमाडौंको त्रिभुवन विमानस्थलदेखि कालिमाटीसम्मको सडक टालटुल भईरहेको छ।

सडकमा महिनौंदेखि खाल्डाखुल्डी थिए। अहिले भने रातारात खाल्डाखुल्डी पुर्ने तथा टालटुल गर्ने काम धमाधम भइरहेको छ।

sadak 1

‘विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, टेकु, कालिमाटी, महेन्द्र सालिक, सडक खण्डमा रहेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको सडक डिभिजन कार्यालय काठमाडौंका सुचना अधिकारी सुदर्शन सिग्देलले बताए।

NP KTM 20191006 MG 1460

सडक टालटुल पार्नुका साथै सडकपेटी मर्मत तथा रंगरोगनको काम पनि भइरहेको छ।  नयाँ पिच भएको स्थानमा जेब्रा क्रसका रेखाहरु पनि टल्किइरहेका छन्।  डिभिजनको बेपरवाह यतिसम्म प्रस्ट हुन्छ छ कि, सडक डिभिजन कार्यालय जानेबाटो खनेको दुई महिना बितिसक्दा समेत बन्न सकेको छैन्।

NP KTM 20191006 MG 1460

भलै त्यो सडक खानेपानीले पाईप राख्न खनेको होस् चाहे ढल निकास आयोजनाले। जुन अहिलेसम्म उस्तै छ।  खनिएको सडकबाट आएको ढुङ्गा माटोले मुल सडकमा समेत खाल्डाखुल्डी परेका छन्।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणलाई मात्रै लक्षित गरी पिच तथा खाल्डाखुल्डी पुर्ने काम गरेका होइनाै‌’ सिग्देलले भने, ‘भत्केको उप्केको र खाल्डाखुल्डी परेको ठाउँ मर्मत गर्ने काम डिभिजन कार्यालयको हो, जुन हामी निरन्तर गरिहरेका छौं।’

NP KTM 20191006 MG 1460

डिभिजन कार्यालयले राष्ट्रपति सी नेपाल भ्रमणमा आउनु र सडकमा भएका खाल्डाखुल्डी पुरिनु तथा मर्मत गरिनु संयोग मात्रै भएको बताएको छ।

सुचना अधिकार सिग्देल भन्छन् ‘संयोग मिलेको हो। बर्खाको पानीले बिगारेको सडक बनाउन र दसैं, तिहारलाई समेत मध्यनजर गरी काम गरेका हौ। यो कुनै महामहिमलाई देखाउन गरिएको काम होइन।’

NP KTM 20191006 MG 1460

सडकमा असरल्ल परेका तारको समेत व्यवस्थापन गर्ने काम भईरहेको छ। बिग्रेको ठाउँमा सडक मर्मत गरेपनि बजेट भने तोकेको छैन।

NP KTM 20191006 MG 1460

खानेपानी तथा ढल निकास आयोजनाले डिभिजनसँग कुनै समन्वय नगरी काम गर्ने गरेकाले अपेक्षा अनुरुप हुन नसकेको बताएको छ। तस्विर सहयाेग : रासस