हात्तीले ज्यान दिए आफ्नो बच्चा बचाउन

काठमाडौ : झरनाको पानी पिउन थालेको एउटा बच्चा हात्ती झरनाबाट खस्यो। त्यो बच्चा हात्तीलाई बचाउने क्रममा ५ वटा हात्तीको झरनाबाट खसेर मृत्यु भएको छ। यो दुर्घटना थाइल्याण्डको खाओ याई नेशनल पार्कमा शनिबार भएको हो। पानी पिउनका लागि हात्तीको समूह त्यहाँ गएको थियो। सबैभन्दा पहिला एउटा हात्तीको बच्चा झरनाको माथिबाट खसेको थियो। त्यसलाई बचाउने कोसिस गर्दा एकपछि अर्काे हात्ती खस्दै गए र, सबैको मृत्यु भयो। अरु दुई हात्तीहरु चट्टानमा फसेका थिए। जसलाई पार्कका कर्मचारीहरुले उद्धार गरेका छन्। यो झरनालाई स्थानीय भाषामा ‘नरकको झरना’ पनि भनिन्छ। १९९२मा पनि आठ हात्तीको एउटा समूह यही झरनामा खसेर मरेका थिए। चट्टानमा फसेर बाँचेका हात्तीहरु पनि निकै गम्भिर रहेको र, उनीहरुलाई बचाउन मुस्किल पर्नसक्ने बताइएको छ। समूहका साथीहरुको मृत्युको शोकले उनीहरुको भावनामा नराम्रो असर पर्नसक्छ। हात्ती एउटा यस्तो जनावर हो, जसले दुःख र पीडाका भावहरु सजिलै देखाउनसक्छ र महसुस गर्नसक्छ। वाइल्डलाइफ फ्रेन्ड्स फाउन्डेशन थाइल्यान्डका संस्थापक एडविन वीकले भनेका छन् ‘बचेका हात्तीहरुले यो महसुस गरिरहेका छन्, कि उनीहरुले परिवारका आधा हिस्सा गुमाएका छन्। तर, हामी यसमा केही गर्न सक्दैनौं। यो दुर्भाग्य प्राकृतिक खेल हो।’ थाइल्यान्डमा रहेका ७ हजार एशियाली हात्तीहरुमध्ये आधाभन्दा बढी जंगलमा यसैगरी खुल्ला हिँड्छन्। बिबिसीकाे सहयाेग