टोल स्तरीय फुटवलको उपाधि वागदेवीले जित्यो

रत्ननगर : रत्ननगर नगरपालिका वडा नं १६ पिठुवामा आयोजना गरिएको टोल स्तरीय फुटवल प्रतियोगिताको उपाधि बागदेबी टोल विकास संस्थाले जितेको छ । १६ नम्बर वडा कार्यालयले आयोजना गरेको सो प्रतियोगितामा मुनाल टोल विकास संस्थालाई १ का विरुद्ध ३ गतेले पराजित गर्दै बागदेवीले उपाधि जितेको हो । उपाधि विजेता बागदेवीले ३८ केजीको खसी,शिल्ड र मेडल,उपविजेता मुनालले २५ केजीको खसी,शिल्ड र मेडल प्रप्त गरेको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन,नगर खेलकुद विकास समितिका संयोजक केशव आचार्य र वडाध्यक्ष थापाले सयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । खैरहनी ४ र रत्ननगर १६ को सिमानामा पर्ने प्रस्तावित मिनी रंगशाला निर्माण स्थलमा फुटवल प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै मेयर वनले पिठुवाबासीको रंगशाला बनाउने सपना छिट्टै पुरा हुने बताए । उनले टोल र वडा स्तरीय प्रतियोगिता गर्दै राष्टिय स्तरमा प्रतिस्पर्धा गर्ने नगर स्तरीय फुटवल टिम बनाउने योजनामा नगरपालिका रहेको बताए । वडा दसैंको अबसरमा आयोजित कार्यक्रम अन्तर्गत फुटवल प्रतियोगितासंगै डोरी तान्ने,चम्चादौड र म्युजिकल चियर प्रतियोगिता समेत गरिएको वडा अध्यक्ष हेमराज थापाले जानकारी दिए । समापन कार्यक्रममा कार्यपालिका सदस्य तथा नगर प्रबक्ता राजेन्द्र हमाल सहित जनप्रतिनिधि,टोल विकास संस्थाका पदाधिकारीहरु,समाजका अगुवाहरुको सहभागिता रहेको छ । विगत तीन बर्ष देखि वडाअध्यक्ष हेमराज थापाले बडादसैंको अबसर पारेर सो प्रतियोगिता आयोजना गर्दै आएका छन ।