गिद्ध संरक्षण : एघार वर्षमा ३२ वटा जंगलमा छाडियो

चितवन: चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजजन केन्द्रले एघार वर्षमा ३२ वटा गिद्धलाई प्राकृति बासस्थानमा छाडेको छ । सख्या वृद्धि गर्नको लागि सन् २००८ मा निकुञ्जको मुख्यालय कसरा नजिकै पालेको गिद्ध हुर्केर अहिलेसम्म चल्ला र माउ गरी ३२ वटा प्राकृतिक बासस्थानमा छाडेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत तथा गिद्ध प्रजनन् केन्द्रका प्रमुख वेदबहादुर खड्काले भन्नु भयो ‘सन् २००८ बाट डंगर जातको गिद्धका चल्ला ल्याएर पालेका थियौ अहिलेसम्म माउ चल्ला गरी ३२ वटा छाडेका छौ ।’
सन् २००० देखि नेपालको आकासमा गिद्ध कम देखिन थालेपछि संरक्षणका लागि प्रजनन् केन्द्र स्थापना गरेर सख्या बढाउने काम भएको हो उहाले भन्नु भयो । निकुञ्जको मुख्यालय नजिकै इन्क्लोजर खोर जस्तोमा गिद्ध पालिदै आएको छ । यसको लागि निकुञ्जले खर्चको व्यवस्थापन गर्दै आएको खड्काले जानकारी दिनु भयो ।
‘प्रकृतिको कुचिकारको रुपमा पनि गिद्धलाई हेरिन्छ’ उहाले भन्नु भयो ‘यो लोपहुन थालेको भन्दै प्रजनन्को लागि पालिएको हो अहिले केही सख्यामा प्राकृति बासस्थानमा छाड्ने तयारी भएको छ ।’ दशैपछि लगतै केही सख्यामा गिद्ध छाड्ने तयारी रहेको उहाले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘मरेका पशुचौपायको सिनो खाएर बाच्ने गिद्ध पछिल्ला समय सिनोमा विषादी भएपछि त्यो खादा मर्न थालेको थियो ।’ अहिले नवलपरासी, दाङ, चितवनमा संरक्षणको काम भएपछि सख्यामा वृद्धि हुन थालेको उहाले जानकारी दिनु भयो ।
उहाका अनुसार नेपालमा डंगरसहित ९ जातीका गिद्ध पाइने गरिन्छ । चितवन निकुञ्जमा हुर्काएको गिद्धलाई नवलपरासीको पिठौली वन क्षेत्रमा छाडिदै आएको सहायक संरक्षण अधिकृत खड्काले जानकारी दिनु भयो । यसरी खोर भित्र पालिएका गिद्धमा प्रकृतिमा हुर्केका भन्दा कम क्षमताको हुने गरेका पाइएको उहाले बताउनु भयो । यहाँ हुर्काएका गिद्धलाई जीपीएस लगाएर छाडिने गरेको छ । प्रारम्भिक अनुसन्धानले ती गिद्धमा ढिलो पना देखिएको खड्काले जानकारी दिनु भयो ।
उड्नलाई ढिलो गर्ने, सिनो खानलाई प्राकृतिक रुपमा हुर्केका गिद्धभन्दा ढिलो हुने, खाएको मासु अर्कोले खाइदिने, सिनो देख्ने क्षमतामा कमी आएको, उडानमा चतुर्यता नहुने जस्ता समस्या देखा परेको उहाले जानकारी दिनु भयो । ढिलो प्रजनन्मा आउने भएकाले धेरै चल्ला हुर्काउन नसकिएको खड्काले भन्नु भयो । एउटा गिद्धको चल्ला प्रजनन् योग्य हुन चार वर्ष समय लाग्ने, एक वर्षमा एउटा मात्र अण्डा पार्ने गर्दछ । पारेको अण्डापनि चल्लामा परिणत हुन वातावरण मिल्नु पर्ने भएकाले हुर्काउन समस्या हुने गरेको खड्काले जानकारी दिनुभयो ।