बाढीमा फोटो सुट गर्दा अदिति भइन् ट्रोलको सिकार

एजेन्सी : पटना अहिले जलमग्न भएको छ। लगातारको वर्षाले अस्तव्यस्त बनेको भारतको विहार राज्यमा ठुलो जनधनको क्षती भएको अनुमान गरिएको छ। बाढीमा फेशन डिजाइनिंगको फष्ट इयरमा अध्ययन गरिरहेकी अदिति निफ्ट लाई भने ग्लामरस फोटो सुट गरेपछी ट्रोलको शिकार भएकी छिन्। फोटोग्राफर सौरभ अनुराजले उक्त तस्विरलाई सामाजिक संजालमा सेयर गर्दै भनेका छन्, ुजलपरीु उक्त पोस्ट पश्चात सामाजिक संजालमा निफ्टको आलोचना भएको हो। बाढीले सडकहरूमा पानी छ। सवारी साधन जाम छ।यो दुखद घडिमा आनन्द उठाउन फोटोशूट गर्नु आफैमा संवेदनहीन मानिन्छ। ुमान्छेहरू घरबार विहिन भएर संकटमा छन्। आफ्नो ज्यान बचाउन मुस्किल परिरहेको अवस्थामा मान्छे कसरी संवेदनहिन हुन् सक्छरुु भन्दै फोटोलाई लिएर आलोचकहरूले यो दुखद घडीमा कस्तो खालको स्वतन्त्र सिर्जना हो भनेर प्रतिक्रिया दिएका छन्।