मैले छोरीलाई बाबा चिनाउन सकिनँ

काठमाण्डौं : कल्पनामा हराइरहेका बेला छोरीको अर्को प्रश्नले म फेरि झसंग भएँ। म कसरी भनुँ उसको बाबा एउटा बलात्कारी हो, लागुपदार्थ दुर्व्यसनी हो भनेर। तिमीलाई नाजायज भनेर नजन्मिँदै घरबाट निकालिदिने अपराधि हो भनेर।

‘मामु, मेरो बाबा खैरु’ ६ वर्षीया छोरी आकृतिको अनपेक्षित प्रश्नले जोडसँग मेरो मुटुमा ठेस लागेको आभाष भयो। छोरीको प्रश्नले तरकारी काटिरहेको आफ्नो हात कतिखेर काट्यो त्यो पनि थाहा भएन।

‘मामु, बाबाको नाम के होरु’ आकृति एक तमासले प्रश्न सोधिरहेकी थिई। जबदेखि आकृतिले होस सम्हाली तबदेखि मैले उसलाई बाबा विदेश जानुभएको छ भनेर टारिरहेकी थिएँ। किनकि छोरीलाई यर्थाथ बताउने साहस ममा थिएन। न त ऊसँग मेरो कुरा बुझ्न सक्ने सामथ्र्य नै थियो।

त्यो कहाली लाग्दो विगत कसरी बिर्सन सक्छु र म१

‘हेर छोरी भनेको मान। तैले विवाह गर्नैपर्छ। तँलाई अब उनीहरुले नै पाल्छन्। राम्रो घरपरिवाबाट बिहेको कुरा आएको छ। यो सम्बन्ध त्यसै गुमाउनु हुँदैन’ म केही नबोली आमाको कुरा सुनिरहेकी थिएँ। आमाको कुरामा बुबा पनि सहमति जनाउँदै हुनुहुन्थ्यो।

बुबा, आमा, दाइ र म चार जनाको सानो परिवार थियो। बुबा जजमानी काम गर्नुहुन्थ्यो। गाउँमा सबैले उहाँलाई राम्रो मान सम्मान दिएका थिए। दाइ पढाइ सकेर काठमाडौँमा बैंकमा जागिर खानुहुन्थ्यो। सबै कुरा पुगेकै थियो।

स्नातकसम्मको अध्ययन गरेपछि मलाई विवाहको दबाब आउन थाल्यो। मलाई कुनै राम्रो काम सुरु नगरी विवाह गर्न पटक्कै मन थिएन। तर, कसले सुनोस् मेरो वेदना, कसले देखोस् मेरो आँसु। न दाइ, न बुबा, न त आमाले नै सुन्नुभयो।

‘राम्रो कुल घरानको, पढेलेखेको केटा छ। विवाहपछि तँ पनि काठमाडौँ बस्न पाउँछेस्। मन सानो नबना छोरी’ आमाबुबा पालैपालो सम्झाउँदै हुनुहुन्थ्यो। बुबाआमाको जिद्दीको अगाडि मेरो केही चलेन। अनि पक्का भयो मेरो विवाह।

काठमाडौँदेखि गजुरीसम्म छोरी हेर्न पुगेका खकुरेल परिवारले आफ्नै जातको केटी भेटें भनेर मख्ख परेका थिए मलाई देख्नासाथ। केटा पनि हेर्दा राम्रो देखिन्थ्यो। दुवै परिवारको राजीखुसीमा मेरो विवाह पक्का भयो।

जब विवाह पक्का भयो तब मेरो मनमा अनेकौं तर्कविर्तक खेल्न थाले। नयाँ घर र नयाँ परिवारको रहनसहन कस्तो होलारु कसरी प्रस्तुत हुनेरु भनेर सोच्दा–सोच्दै विवाहको दिन आयो। विवाह भब्यताका साथ सम्पन्न भयो।

सबै रीतिरिवाजको पालना गरेर २१ वर्षको उमेरमा म जन्मे–हुर्केको आफ्नो गाउँबाट बिदा भएर सोभित र उसको परिवारको साथमा काठमाडौँ पुगेँ। सानोमा एकदुई पटक काठमाडौँ आएको बाहेक मलाई काठमाडौँको बारेमा अरु खासै केही याद छैन।

करिव दुई घण्टाको यात्रापछि शोभितको घर आइपुग्यो। बाहिर मानिसहरु पञ्चे बाजाको तालमा नाँचिरहेका थिए। भित्र मेरो मुटु जोडले थर्किरहेको थियो। नयाँ बेहुलीको स्वागतमा आगन्तुकहरुले घर भरिएको थियो।

सिंगारिएको ठूलो बंगला देखेपछि म मनमनै गदगद भएँ। अब आउने दिनहरुमा म पनि त्यही बंगलाभित्रकी सदस्य थिएँ। एउटा नन्द, श्रीमान् अनि सासू–ससुरासहितको सानो परिवार थियो। ठ्याक्कै मैले खोजेजस्तै।

मेरो श्रीमान् इन्जिनियर थिए। नन्द स्कुलमा पढाउँथिन्। सबै राम्रै थियो। अरुभन्दा ससुरा मेरो विशेष ख्याल राख्थे। शोभित धेरैजसो काममै व्यस्त रहन्थे। उनको र मेरो भेट मुस्किलले बेलुका हुन्थ्यो। त्यो पनि परिवारसँग बाँडेर बचेको समय उसले मेरा लागि दिन्थ्यो। तैपनि मलाई केही गुनासो थिएन। किनकि मलाई थाहा थियो ऊ मलाई माया गर्छ।

विवाह भएको दुई महिनापछि सासु–ससुरा केही महिनाको तीर्थ यात्रामा भारत जानुभयो। ससुराले जानुअघि कोमल स्वरमा भन्नुभयो, ‘शोभा घरको र आफ्नो राम्रो ख्याल राख्नु।’ शोभित उहाँहरुलाई छाड्न विमानस्थलसम्म गए।

नन्द पनि काम गर्ने कारणले गर्दा म घरमा प्रायः एक्लै हुन्थें। घरमा काम पनि खासै हुँदैनथ्यो अनि फुर्सद पनि। अझ सासु–ससुरा भारत गएका कारण केही दिनदेखि थप फुर्सदिलो भएकी थिएँ।

त्यसदिन नन्द साथीको बर्थडे पार्टी छ भनेर उतै बस्नेगरी गइन्। एक्लै बसेर कोठा सफा गर्दै थिएँ, अचानक कसैले ढोकाको घण्टी बजायो। ढोका खोलें। शोभित रहेछन्। म अचम्ममा परें। कहिले ६ बजेभन्दा अगाडि घर नआउने उनी त्यसदिन २ बजे नै आएका थिए। फेरि शुक्रबार पनि हैन। कतै बिसञ्चो त भएनरु
‘आज किन छिटै घर आयौ, तिमीलाई ठिकै त छ निरु’ मैले सोधेँ। ऊ केही नबोली कोठातिर गयो। म उसको लागि चिया, खाजा बनाउन किचनतिर लागेँ। निकैबेर भइसक्दा पनि शोभित कोठाबाट निस्केन।

मैले धेरैपटक ढोका ढकढकाएँ। उसले बल्लबल्ल ढोका खोल्यो। उसका आँखा राताराता भएका थिए। लामोलामो सास फेर्दै मलाई घुरेर हेर्दै थियो। म झसंग भएँ। उसको हातमा लागुऔषधको प्याकेट थियो। मैले केही सोच्नै नपाई उसले ममाथि आक्रमण ग¥यो। म कराइरहें, रोइरहें, चिच्याइरहें। तर, मेरो आवाज भित्ता र ढोकालेबाहेक कसैले सुनेनन्। त्यसैबेला कसैले ढोका ढक्ढकायो। ममा अलिअलि साहस उत्पन्न भयो। दौड्दै गएर ढोका खोलें।

मेरो लुगा चारैतिर च्यातिएको थियो। आँखाभरी आँसु थियो। मुखभरी डाम थियो। जसलाई मैले चाहेर पनि लुकाउन सक्दिनँथेँ।

ढोकामा सासू–ससुरा उभिएका थिए। ‘के भयो शोभा तिमीलाईरु के गति बनाएको यस्तोरु’ एकैपटक तेर्सिएको प्रश्नले म झसंग भएँ।

सत्य कुरा भनूँ कि नभनूँ। सोच्दा–सोच्दै रोएर सबै घटनाको बेलिबिस्तार लगाएँ। मेरो कुरा सकिन नपाउँदै सासूको हात मेरो गालामा बजारियो। ‘तेरो यत्रो हिम्मत मेरो छोरालाई यस्तो दोष लगाउनेरु’ मैले त्यसपछि एक शब्द पनि बोलिन।

त्यसपछिका मेरा दिनहरु निकै कष्टकर हुँदै गए। म पटकपटक आफ्नै श्रीमान्बाट बलात्कृत भइरहेँ। न मसँग सासू बोल्थिन् न नन्द नै। अरु के नै गर्न सक्थेँ र म। न बुबाआमालाई सत्य भन्न सक्थें न त आफू नै स्वीकार्न सकिरहेकी थिएँ।

उता शोभितको अवस्था झन्झन् नाजुक हुँदै गइरहेको थियो।

त्यो घरमा मेरा ससुरा नै एउटा यस्तो व्यक्ति थिए जो मेरा हरेक कुरामा ख्याल राख्थे। लुकीलुकी मेरो हालखबर सोध्थे। घरका अन्य परिवारले मसँग बोल्न प्रतिबन्ध लगाइदिएका कारणले पनि उनी लुकेर मसँग बोल्थे। सबैसँग भएर पनि म नितान्त एक्ली थिएँ।

एकदिन काम गर्दागर्दै म ढलेँ। अस्पताल गएर जाँचेपछि मात्रै थाहा भयो कि मेरो पेटमा बच्चा छ। त्यही रातको निशानी। त्यही डरलाग्दो क्षणको परिणाम। सोचें, जब घरमा मसँग कोही बोल्दै बोल्दैनन् भने मैले यो खबर उनीहरुलाई दिन जरुरी छैन। म यो बच्चालाई गर्भपतन गराइदिन्छु।

फेरि सोचें, कतै यो पेटको बच्चाले मेरो जीवनमा नयाँ रंग ल्याउँछ कि। तर अह१ त्यस्तो केही भएन। मेरो कुराले कोही खुसी भएनन्। उल्टै ममाथि सबैले आरोप लगाए। ‘थाहा छैन कसको पाप पालेकी छे यसले’ सासूको तीखो वचनले मेरो मुटु छियाछिया भयो। न त शोभितले नै अपनायो आफ्नो बच्चालाई। एक जना ससुरा थिए जो मेरो पक्षमा बोल्थे। तर, तीन जनाको एउटै आवाज भएको त्यस घरमा मेरो र ससुराको कुरा कसले सुन्थ्यो ररु

मलाई त्यो घरमा बस्न सकस भइरहेको थियो। माइती जाउँ किजस्तो लाग्यो। तर, बुबाआमासँग गएर पनि म के जवाफ दिन्थे ररु त्यसैले ससुरासँग विदा मागेर घरका अरु कसैलाई केही नभनी म पेटभित्र भएको मेरो बच्चासँगै निस्केँ। ससुराले चाहेर पनि मलाई रोक्न सकेनन्।

यही बीचमा मैले काठमाडौंको एउटा राम्रो बैंकमा काम सुरु गरेर केही पैसा जम्मा गरेकी थिएँ। एउटा सानो कोठामा जीविका चलिरहेको थियो। केही समयपछि मैले त्यही घरमा छोरीलाई जन्म दिएँ।

हामीलाई हेर्न घरबाट ससुराबाहेक कोही आएनन्। म सोच्थें ढुंगाको मन भएका ती निदृयी परिवारमा यिनी एउटा भगवान कहाँबाट आइपुगे होलान्१

मेरोबारे आमाबुबालाई पनि थाहा भइसकेको थियो। छोरी जन्मेपछि माइतीमै बस्न धेरै अनुरोध गर्नभयो। तर, म गइनँ। मलाई कसैको बोझ बन्नु थिएन।

नातिनी जन्मेपछि ससुराले शोभितलाई सम्झाउने धेरै प्रयास गर्नुभएछ। तर, उनले केही सुनेनन् रे। उनको आफ्नै संसार थियो। जहाँ उनी नशामै रमाउँथे। उनलाई न छोरीको पर्वाह थियो न त आफ्नो नै। शोभित ज्यूँदो लासजस्तो भइसकेका थिए। न काममा जान्थे न त कसैसँग बोल्थे। ससुराले मलाई यी कुरा सुनाउनुहुन्थ्यो। तर, विस्तारै उहाँ पनि पछिपछि सम्पर्कविहीन हुनुभयो।

‘भन्स्यो न मामु मेरो बाबा कहिले आइसिन्छरु’ कल्पनामा हराइरहेका बेला छोरीको अर्को प्रश्नले म फेरि झसंग भएँ। म कसरी भनुँ उसको बाबा एउटा बलात्कारी हो, लागुपदार्थ दुर्व्यसनी हो भनेर। तिमीलाई नाजायज भनेर नजन्मिँदै घरबाट निकालिदिने अपराधि हो भनेर।

म निःशब्द छु। उसलाई दिन मसँग कुनै जवाफ छैन।

रुमु न्यौपाने