अनेरास्ववियुले खैरहनीका निजि विद्यालयहरुमा लगायो ताला

आशिष उप्रेती

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेका केही निजि बिध्यालयहरुमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी खैरहनी नगर कमिटीले संयुक्त रुपमा ताला लगाएको छ । खैरहनी नगरपालिकामा रहेका निजि बिध्यालयहरुले बिध्यार्थीको अभिभावकहरुको ढाड सेक्ने गरि मासिक शुल्कमा वृद्धि गरीएकोले अाफुहरु बाध्य भएर ताला लगाउनु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ । शिक्षा जस्तो संवेदनशील विषयलाई व्यवसायिकरण गर्न खोजिएकोले अाफुहरु अान्दोलनमा जान बाध्य भएको अनेरास्ववियु खैरहनी नगर कमिटीका संयोजक सरोज घतानीले जानकारी दिनुभयो । खैरहनीका निजि विध्यालयहरुको शुल्क घटाउन सम्पूर्ण शैक्षिक संस्थाहरुलाई अनुरोध समेत गरिएको बताउनुभयो ।