शिव परियारको मर्मस्पर्शी गीत ‘निष्ठुरी’को भिडियो सार्वजनिक

काठमाडौँ : संचारकर्मी रवि अधिकारीको शब्द रहेको ‘आँशुको अर्थ’ र ‘आँशुको अर्थ ‘भाग २’ को अपार सफलता पछी नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीको शब्द र सुगम संगीतका बादशाह शिव परियारको आवाजमा रहेको ‘निष्ठुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

 

 

 

माया, प्रेम र धोकाको कथा बोकेको ‘निष्ठुरी’ बोलको उक्त गीत शुक्रबार बिहान नमस्ते फिल्मीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ ।

गीतले मायाको अर्थ नभुझी धनको पछी लाग्ने एक युवतीको कथा बोकेको छ । गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिका हुन्छन् । पछी स्नेहाको भेट सफल उद्योगपती जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छन् । एक सामान्य युवा उत्सव पछी नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछी लाग्द धोका पाउछे र फेरी उत्सवको जीवनमा फर्किन चाहदा उत्सवले अस्विकार गर्छन् ।