सौराहा रेवानको अध्यक्षमा दिपेन्द्र, फुड फेस्टिवल संयोजकमा धुव्र (भिडियो)

चितवन : पर्यटकीय नगरी सौराहामा रहेको रेष्टुरेन्ट व्यवसायीहरुको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाको अध्यक्षमा दिपेन्द्र खतिवडा सर्वसहमत निर्वाचित भएका छन् ।

क्षेत्रिय संस्थाको रुपमा समेत मान्यता पाएको रेवानको ७ औं अधिवेशनले खतिवडाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीले चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा नरेश गिरी, द्धितिय उपाध्यक्षमा अर्जुन चौधरी र तृतिय उपाध्यक्षमा कपिल रेग्मी चयन भएका छन् ।
यस्तै महासचिवमा कृष्ण भट्ट,सचिवमा शम्भु प्रसाद माली,कोषाध्यक्षमा गोपीकृष्ण विडारी र सहकोषाध्यक्षमा सुर्य वहादुर रिमाल चयन भएका छन् ।
सदस्यहरुमा इन्द्रराज चौधरी, राजेश कुमार तामाङ, देवकला भट्टराई, इश्वर रिजाल, विर वहादुर तामाङ, पुरुषोतम लामिछाने, कुमार जोशी र अम्बिका भट्ट चयन भएका हुन् ।
लेखा समिति संयोजकमा दुर्गा प्रसाद घिमिरे चयन भएका छन् भने सदस्य चयन हुनेछ । यस्तै आगामी १४ औं सौराहा फुडफेस्टिवलको संयोजकमा धुव्र गिरीलाई चयन गरिएको छ भने सहसंयोजकमा लिला वहादुर अधिकारी रहेका छन् । यसैविच नवनिर्वाचि अध्यक्ष खतिवडाले सबै सहकार्यले रेवानलाई थप उचाईमा पुराउने प्रतिवद्धता व्यक्त गर्दै केहिदिनमा नै आफ्नो कार्यकालको नयाँ कार्यक्रमहरु घोषण गर्ने बताए । उनले समग्र चितवनको पर्यटन विकासका लागि विशेष कार्यक्रमहरुले थप रौनक थप्ने विश्वास व्यक्त गरे ।