बाघको छाला सहित तिन पक्राउ

चितवन : चितवन प्रहरीले भरतपुर वडा नं= १ पुल्चोक नजिकबाट बाघको छाला सहित तिन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. वडा नं. ७ ईट्टाभट्टी बस्ने दिपक भन्ने चिरञ्जिवी सेन ठकुरी, जिल्ला पाल्पा निस्डी गा.पा. वडा नं. २ सहलकोट बस्ने चुम बहादुर राना र जिल्ला वाग्लुङ ढोरपाटन न.पा. वडा नं. ९ बस्ने हिम साङ्वो गौचन रहेका रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए । हिजो मंगलबार साझँ प्रहीले रातो जेब्रा झोला भित्र रहेको बाघको दाँत सहितको ३ थान छाला र ना २४ प २५०९ नम्बरको १५० सिसिको निलो पल्सर मोटरसाईकल समेत वरामद गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोली आफै ग्राहक बनी गई उनीहरुसँग उक्त छालाको करिब रु। २५ लाखमा मोलमोलाई गरिरहेको अबस्थामा झोलामा लुकाएर ल्याएको नेपालमा संरक्षित एवम् संकटान्मुख बन्यजन्तु बाघको दाँत सहितको छाला थान ३ सहितनिजहरुलाई पक्राउ गरिएको उनले बताए ।
उक्त छाला तिन जना मिलि जिल्ला बाग्लुङ ढोरपाटन न.पा.९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याईएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद उक्त बाघको छाला र पक्राउ मानिसहरुलाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय चितवनमा बुझाइएको छ ।
दुर्लभ वन्यजन्तु तथा वनस्पतिकोव्यापार नियन्त्रण अन्तर्राष्ट्रिय महासन्धि साईटिस को अनुसूची १मा उल्लेखित भए अनुसार बाघदूर्लभएवम् संकटान्मुख बन्यजन्तुमा पर्दछ र नेपाल समेत उक्त सन्धिको हस्ताक्षरकर्ता भइ नेपाल सरकारले ुसंकटापन्न बन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ु समेत बनाई लागु गरिसकेको अबस्थामा संकटापन्न र लोपोन्मुख बन्यजन्तुको आखेटोपहार ओसारपसार, बिक्री बितरण वा कुनैपनि किसिमको निकासी पैठारीमा पूर्ण रुपमा बन्देज लगाएको छ ।
उक्त कसूरमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र संकटापन्न बन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार दण्ड सजाय पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
साथै यस्ता प्रकारका अपराधहरुमा जिल्ला प्रहरी कार्यालय चितवनको निरन्तर बिशेष चासो र अग्रसरताका कै कारण यस किसिमको सफलता हात पर्न गएको र सन् २०१० मा सेन्ट पिटर्सबर्गमा भएको बिश्व बाघ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुरुप सन् २०२२ सम्ममा बिश्वमा बाघको संख्या दोब्बर बनाउने अभियानमा नेपाल हालसम्म अग्रणी स्थानमा रहेको परिप्रेक्ष्यमा आगामी दिनहरुमा पनि दूर्लभ तथा संकटापन्न बनस्पति तथा बन्यजन्तुको आखेटोपहारको अबैध ओसारपसार, बिक्रि बितरण तथा निकासी पैठारीको नियन्त्रणमा थप तदारुकता र क्रियाशीलता रहि रहने बिश्चास व्यक्त गर्दछौं ।