दरै बचत तथा ऋण समूहको प्रथम साधारणसभा

चितवन । चितवनको भरतपुरमा रहेको दरै बचत तथा ऋण समूह चितवनले शनिबार प्रथम वार्षिक सधारणसभा सम्पन्न गरेको छ । एक वर्ष अगाडि समृद्ध समाज, सुखी दरै, बचत गरौँ आत्मनिर्भर बनौँ भन्ने नारा सहित सो समूहको स्थापना गरिएको थियो । बालबचत सदस्य आरोन दराईले गमलामा पानी हाली उद्घाटन गरेको कार्यक्रममा समूहका उपाध्यक्ष विन्दु दराईले स्वागत मन्तव्य राखेकी थिइन् ।
अतिथिहरुलाई स्वागत गर्दै दराईले आर्थिक रुपमा सक्षम भएमात्र समुदायको पनि उत्थान हुने भन्दै सबै दराई समुदायलाई समुहमा आबद्ध हुन आह्वान गरेकी छिन् । समुहका अध्यक्ष मंगलराम दराईले सिंगो चितवनको दराई समुदायको मुहार फेर्नको लागि एक वर्ष अगाडी दरै बचत तथा ऋण समुहको स्थापना गरिएको बताए । नेपालका ५९ वटा सुचिकृत आदिवासी जनजातिहरु मध्ये दराई जाति अल्पसंख्यक समुह र अति विपन्न समुहमा पर्ने उनको भनाइ थियो ।
चितवनको आदिवासी जनजातिहरु मध्ये दोस्रो मुलवासीको रुपमा दराईलाई लिने गरेको दराईले बताए । पुरानै शैलीमा कृषिमा आधारित दराई समुदायको स्थिति दयनिय हुदै गएको भन्दै केही सहकारीको मुल्य, मान्यता र सिद्धान्तहरुमा आधारित भई सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकिकृत गरी आर्थिक सामाजिक रुपान्तरण गर्न दरै बचत तथा ऋण समुह खोलिएको उनले बताए । समुहका सचिव लक्ष्मण दराईले सचिवको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राजेन्द्र दराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समुहमा हालसम्म ३८ लाख ५९ हजार, ४ सय ६९ रुपैयाँ ४८ पैसा संकलन भएकोमा ४७ लाख ७३ हजार ९ सय ६० रुपैयाँ ऋण लगानी भएको कोषाध्यक्ष दराईले जानकारी दिए । संस्थामा हाल १ सस्थापक र एक बालबचत गरी जम्मा ४३६ जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा नेपाल दरै उत्थान समाज चितवका अध्यक्ष राम बहादुर दराई, केन्द्रीय सचिव रामु दराई, नेपाल दराई उत्थान समाज चितवनका पुर्व सचिव नोमे दराई, इन्जिनियर विजय दराई, कानुनी सल्लाहाकार शिवु दराई, पुर्व कोषाध्यक्ष रेशम दराई, सदस्यहरु आनन्द राई, खुबलाल दराई, सन्त बहादुर दराई, अशोक दराई, मंगलराज दराई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।