नारायणी मोटर्समा बजाजको भविष्यवाणी कार्यक्रम

चितवन । बजाज मोटरसाइलको विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले भविष्यवाणी कार्यक्रम गरेको छ ।
शुक्रबार नारायणगढको नारायणी मोटर्समा गरेको भविष्यवाणी कार्यक्रममा कम्पनीले विजेताहरुलाई विभिन्न पुरस्कार प्रदान गरेको थियो । भविष्यवाणी कार्यक्रम अन्तरगत सहभागीहरुले निशुल्क रुपमा कुपन तानेर पुरस्कार पाएका थिए ।
नेपालीहरुमाझ भित्रिएको महान चाड दसैँ तथा तिहारमा बजाज बाइक किन्नु अघि नै एक लाख रुपैयाँसम्म जित्न सकिने कार्यक्रम अन्तरगत भविष्यवाणी कार्यक्रम गरेको हो । अब कति जितिन्छ पहिल्यै देखिन्छ भन्ने नारासाथ सञ्चालित कार्यक्रममा सहभागीहरुले मोटरसाइकल किन्नु् अगाडि नै १० हजार, २० हजार, ५० हजार र एक लाख रुपैयाँ तथा विभिन्न उपहारहरु प्राप्त गर्न सक्ने नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए ।
त्यस्तै यस चाडपर्वमा मोटरसाइकल किनेपछि समेत १० हजार, २० हजार, ५० हजार, एक लाख रुपैयाँ प्राप्त गर्नसक्ने चुकेले बताए ।