जथाभावी मेला महोत्सवले चितवनको सुरक्षामा चुनौती

शान्ता अधिकारी
चितवन : चाडवाडको पूर्वसन्ध्यामा जथाभावी गरिने मेला, महोत्सव र कन्सर्टहरुका कारण सुरक्षामा चुनौती थपिने गरेकोे यहाँ आयोजना गरिएको एक कार्यक्रममा बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको अन्तरक्रियामा सुरक्षा प्रमुखहरुले त्यस्तो बताएका हुन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा मेला महोत्सव र कन्सर्टहरु धेरै हुने र यस्ता कार्यक्रममा मानिसको भीड बढी हुने र सुरक्षामा चनाखो हुनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले अन्य जिल्लाको दाँजोमा चितवनमा मेला महोत्सव गर्न आधिकारिकता नभएका संघ संस्था र व्यक्तिहरुले समेत मेला महोत्सव गर्ने गरेको विषय उठाउनुभयो । पछिल्लो समय मेला महोत्सव गर्न जिल्ला प्रशासन र प्रहरीको होइन स्थानीय तहले स्वीकृति दिनुपर्ने प्रावधान छ ।
जिल्लामा भीभीआईपीको आगमन बढी हुने, जनसंख्याको हिसाबले पनि पन्ध्र सोह्रलाख जनसंख्या, राजमार्ग लगायतको क्षेत्रको सुरक्षालाई दृष्टिगत गर्दा यहाँ भएको प्रहरीको दरवन्दी ज्यादै न्यून रहेकोले सुरक्षामा अझै पनि समस्या रहेको उहाँको भनाई थियो । उहाँले चाडवाडलाई सुरक्षित बनाउन राजमार्ग क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीलाई दिने जिल्ला सुरक्षा समितिले निर्णय गरेको पनि सो अवसरमा जानकारी गराउनुभयो । उहाँले भीभीआईपी स्कटिङ्ग र सवारीको लागि जिल्लालाई गाडी आवस्यक रहेको र पटकपटक यसको माग गर्दा समेत समाधान नभएको उहाँको गुनासो थियो ।
नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरी प्रमुख र सेनाको गणपति समेत सहभागी रहेको उक्त कार्यक्रममा कतिपय पत्रकारले उठाएका प्रश्नको प्रहरी उपरीक्षक मल्लले उत्तर दिनुभएको थियो ।
पछिल्लो समय मेला महोत्सव गर्न जिल्ला प्रशासन र प्रहरीको होइन स्थानीय तहले स्वीकृति दिनुपर्ने प्रावधान छ ।