खैरहनीमा उत्साहका साथ संविधान दिवस मनाईयो

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा संविधान दिवस मनाईएको छ । दिवसको अवसरमा प्रभातफेरी निकालिनुका साथै कोण सभा गरिएको थियो । प्रभातफेरीमा खैरहनी नगरपालिकामा क्रियाशिल राजनितिक दलका प्रमुखहरु, उद्योगी व्यवसायी,विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक,टोल विकास संस्थाहरु,युवा क्लवहरु,जनप्रतिनिधीहरु,नगरपालिकाका कर्मचारीहरु,आमा समुह,भजन समुह,विभिन्न जातजातिहरुले आआफ्नो पहिचान र सस्कृति झल्कने झाँकीसहितको उत्साहजनक रुपमा सहभागी भएका थिए । खैरहनी नगरपालिकाबाट सुरु भई पुरानो पर्सा , मगनीचोक,नयाँ पर्सा,चैनपुर हुदै खैरहनी माध्यमिक विद्यालयको चौरमा पुगि कोण सभामा परिणत भएको थियो । कोण सभामा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी, नेकपाका नेता कमलराज पाठक र नेपाली काग्रेश नगर सभापति शशिकुमार खनियाँ सम्वोधन गरेका थिए । कोण सभालाई सम्वोधन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले राष्ट्रियता जोगाउन संविधान कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।