डेंगू ज्वरो नियन्त्रण बाहिर

चितवनमा डेंगू ज्वरोले महामारीको रुप लिएको छ । यस आर्थिक वर्षको सुरुआतसँगै देखिन सुरु भएको डेंगू ज्वरो भदौमा आइपुग्दा नियन्त्रण बाहिर गयो । डेंगू ज्वरोका कारण चितवनमा चार जनाको ज्यान गएको छ भने एक हजार भन्दा बढी मानिस प्रभावित भएको तथ्यांकले देखाएको छ । तथ्यांकले देखाएको मानिस भन्दा पनि बढीलाई डेंगूको संक्रमण भएको हुनसक्ने देखिन्छ । डेंगू संक्रमित व्यक्तिहरुमध्ये नौ सय भन्दा बढी भरतपुर महानगरपालिका भित्रका बासिन्दाहरु नै रहेका छन् । डेंगू ज्वरोबारे सुरुआती अवस्थामा जनचेतना तथा नियन्त्रणको प्रयास नहुँदा यसले महामारीको रुप धारण गरेको हो । डेंगू ज्वरो र यसको बारेमा समुदायमा सचेतना फैलाउन ढिला भैसकेको छ ।
खासगरि पानी पर्ने समय र पानी पर्न छोडेको समयमा डेंगोको संक्रमण बढी हुने गर्दछ । डेंगू ज्वरोबारे बैशाख÷जेठ महिनादेखि नै सचेतना अपनाउनुपर्ने हुन्छ । यसबारे सावधानी तथा जनचेतना वर्षको सुरुको समयमा गर्दा डेंगूको नियन्त्रण गर्न सहज हुन्छ । तर हामीले यसलाई नजरअन्दाज गरेर बस्यौँ । स्वास्थ्य कार्यालय चितवनले यसबारे आफूहरुको कार्यक्षेत्र नभएको भन्दै पन्छिएको छ । स्वास्थ्य कार्यालयले स्थानीय तहमा कार्यक्रम गएको भन्दै आफूहरुले समन्वय मात्रै गर्ने बताउँछ । स्थानीय तहमा भने रोकको महामारी फैलिएपछि मात्रै यसबारेमा हेक्का हुने गरेको छ । सचेतना अपनाउनुपर्ने बेलामा कानमा तेल हालेर बस्ने स्थानीय तहले जब डेंगूको महामारी फैलिइसक्यो तब सचेतना अभियान गरेका छन् ।
डेंगूको महामारी फैलिसकेपछि यो अवस्था भनेको डेंगूको नियन्त्रणमा ध्यान दिनुपर्ने समय हो । लामखुट्टेको वासस्थानहरु नष्ट गर्दै महामारी नियन्त्रण गर्न तर्फ ध्यान पु¥याउनुपर्ने बेलामा बल्ल सचेतना ¥याली गर्न थालिएको छ । काम गर्ने बेलामा ¥याली गर्दा यसको उपलब्धी शून्य हुन्छ । खालि काम गरेको देखाउनका लागि ¥याली त ठीकै हो तर यस्ता ¥यालीले डेंगू ज्वरो नियन्णमा ल्याउन सकिदैन । अबको समय भनेको स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ता, स्थानीय संघसंस्था, सुरक्षा संयन्त्र सबै मिलेर डेंगू ज्वरो गराउने एडिस एजिप्टाई जातको लामखुट्टेको लार्भाको वासस्थान खोजेर नष्ट गनुपर्ने समय हो । डेंगूको महामारी फैलिएपछि यसको उपचारमा सतर्कता अपनाउँदै संक्रमितको निःशुल्क उपचारका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने समय हो । तर बिरामीहरुको उपचारमा सहजता आउनु त परको कुरा हो उनीहरुले उपचारका गर्नका लागि अस्पतालको बेड समेत पाउन मुस्किल अवस्था छ ।