एका बिहानै अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट

अछाम :  संविधान दिवसको बिहानै अछामको कमलबजार नगरपालिकामा बम बिष्फोट गराएको छ । बिहीबार राती १ बजे नगरपालिका कार्यालयमा विप्लव समूहले प्रेसरकुकुर बम बिष्फोट गराएको अछाम प्रहरीले जनाएको छ । बिष्फोटबाट ठुलो क्षती भने नभएको अछामका प्रहरी प्रमुख ९डियसपि० जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

रातो र कालो तार जोडेर करिब १०० मिटर टाढाबाट बम बिष्फोट गराईएको शाहीले जानकारी दिनुभयो । बिष्फोट गराउने समूहको खोजीकार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । नगरपालिका कार्यालयको ढोकामा बम राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फोट गराएको र ढोका नजिक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताउनुभयो ।

बम कसले बिष्फोट गरायको हो भन्ने कुनै सङ्केत नछोडेको र जिम्मेवारी पनि अहिलेसम्म कसैले नलिएको बताएको छ । बिस्फोट बारे छानबिनका लागि सम्बन्धित निकायको समन्वयमा प्रक्रिया अघि बढाईने बिष्टले जानकारी दिनुभयो ।