पुरानो मेडिकल कलेजमा ओपिडी टिकट निःशुल्क

चितवन : कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ । अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा.शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।
विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ । अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो ।
हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषण उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्र्तगत सवभिन्न काम गर्दै आएको छ ।