युरोपा लिगमा आजबाट समूह चरणका खेलहरु हुदैं

एजेन्सी : युरोपा लिग फुटबलको समूह चरणका खेलहरु आज (बिहिबार) बाट सुरु हुँदैछ । युरोपा लिगमा बिहिबार विभिन्न १२ समूहका २४ खेलहरु हुँदैछ । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा काजकिस्तानको एफसी अस्टनासँग सिजनको सुरुवात गर्नेछ । ओल्ड ट्राफोर्डमा मैदान उत्रदा बलियो टिम युनाइटेड सहज जितेको खोजीमा हुनेछ । समूह ’एल’ मा रहेको दुई टोलीबीचको खेल राति १२स्४५ मा सुरु हुनेछ । अर्को इन्ग्लिश क्लब आर्सनलले जर्मन क्लब फ्रान्कफर्टसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह ’एफ’ मा रहेको आर्सनलले फ्रान्कफर्टसँग उसैको मैदानमा खेल्नेछ । स्पेनिस क्लब सेभियाले क्वाराबागसँग खेल्दा गेटाफेले ट्राबजोन्सपोरसँग खेल्नेछ । इटालियन क्लब रोमाले स्तानबुलसँग र लाजियोले सीआरएफ क्लुजसँग खेल्नेछ । स्पानियोलले फेरेनकार्भोस र पोर्टोले योङ ब्वाईजसँग खेल्नेछ ।