रिकभरिङ्ग युनाईटेडको चितवन प्रहरी प्रमुख मल्लद्धारा अवलोकन

चितवन :  भरतपुरको रामनगरमा रहेको रिकभरिङ्ग युनाईटेडको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, पुर्ब डि.आई.जि. ज्ञानेन्द्र बिक्रम महत र रामनगरका युवा समाजसेवी सन्दिप महतले अवलोकन गर्नुभएको छ ।
सो अवसरमा कुलतमा फसेकाहरुलाई नशा तथा कुलत बाट मुक्त भई सहि मार्गमा हिडि उज्जवल भविष्य निर्माणका लागि आग्रह गर्दै प्रोत्साहन समेत गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले पुनस्पाथना केन्द्र राम्रो रहेको बताउदै अझ उत्कृष्ट बनाउन पुनस्पाथना केन्द्र सन्चालकहरुलाई आग्रह गर्नुभएको थियो । साथै युवा समाजसेवी महतले नशा घर घर को दशा हो भन्दै यसमा नफस्न सबै सचेत रहनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पुर्ब नशा प्रयोगकर्ता तथा पुनस्पाथना केन्द्र सन्चालकहरु बिनोद सेन्चुरी, सुमित घले र बिक्रम खड्का लगायतले तिनै जना अवलोकन कर्ता हरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।हिंसात्मक रुपबाट नभई माया र प्रेमपुर्ण तबरबाट उनीहरुलाई सहि मार्गमा डो¥याउन रिकभरिङ्ग युनाईटेड सधै अघि बढ्ने बताउदै यस अवलोकन ले रिकभरिङ्ग युनाइटेडलाई अझ हौसला प्रदान गरेको र जिल्लाको नमुना बनाउन पहल गरिने रिकभरिङ्ग युनाइटेडका उपाध्यक्ष शंखर पोख्रेल (जुलेन) ले बताउनुभयो ।
साथै रिकभरिङ्ग युनाईटेड रामनगरका प्रबन्ध निर्देशक मनोज घिमिरेले कुलतमा फसि घर परिवार र समाजमा समेत नराम्रो असर परेको र यसबाट मुक्त भई नया जीवन प्राप्त गर्न चिकित्सक हरुको निगरानीमा रहेको अवासिय उपचार केन्द्र रिकभरिङ्ग युनाईटेड लाई सम्झन आग्रह समेत गर्नुभयो ।